
काठमाडौं । सांसद डा. चन्द्रकान्त भण्डारीले सरकारले उत्पादनका आधारमा किसानलाई अनुदान दिनुपर्ने बताएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा उनले सो कुरा बताएका हुन् । सांसद भण्डारीले मुलुक आयातित कृषि उपजका वस्तुमा आधारित रहेर चलिरहेको समेत बताए । ‘छिमेकी मुलुकले कृषि उपज दिएन भने हामीले स्वदेशी कृषि उपज दिन सक्दैनौं’, उनले भने ।