२०८१ माघ ४, शुक्रवार , ०३:२६:३६ बजे

Sajhamanch
'

धुवाँमा निसास्सिएर दुई दिदीबहिनीको मृत्यु

मङ्गलवार, साउन ८, २०८१

झापा । आगोको धुवाँमा निसास्सिएर जुम्लामा सुत्केरीसहित दुईजना दिदीबहिनीको मृत्यु भएको छ ।

सुत्केरीलाई न्यानो गर्न बालिएको आगोको धुवाँले निसास्सिएर पातारासी गाउँपालिका– ६ बाँता गाउँकी ११ दिनकी सुत्केरी २२ वर्षीया मायालक्ष्मी महतारा उनकी बहिनी १९ वर्षीया जुनमाया रोकायाको मृत्यु भएको हो ।

चन्दननाथ नगरपालिका–५ कालेखोलीमा बसोवास गर्दै आएका उनीहरू आगोको धुवाँले निसास्सिएरपछि उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मृत्यु भएको हो । उपचारकै क्रममा ११ दिनकी सुत्केरी मायालक्ष्मी महताराको सोमबार नै मृत्यु भइसकेको थियो। उनीकी बहिनी १९ वर्षीया जुनमाया रोकायाको उपचारकै क्रममा मंगलबार विहान मृत्यु भएको प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले बताए ।

उनका अनुसार निसास्सिएर ११ दिनको बच्चासमेत बिरामी परेको छ । अहिले बच्चाको प्रतिष्ठानको आइसियूमा उपचार भइरहेको छ । सोमबार बिहान अबेरसम्म नउठेपछि आफन्तले ढोका फोरेका थिए । उनीहरू निसास्सिएको अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर