बिर्तामोड । माछा मार्ने क्रममा करेन्टलागेर इलामका १९ बर्षका मौषम राईको मृत्यु भएको छ ।
इलाम सुर्योदय नगरपालिका वडा नं.१३ स्थित लक्ष्मिपुर घर भई झापाको दमकस्थित धिमाल टोलमा डेरा गरि बस्दै आएका राईलाई आज दिउँसो २ बजे माछा मार्ने क्रममा करेन्ट लागेको थियो ।
उनी बस्दै आएको घरदेखि करिब ३० मिटर पश्चिम पट्टि रहेको खोल्सिमा घरबाट बिजुलीको तार जोडि करेन्ट लगाई माछा मार्ने क्रममा राईलाई करेन्ट लागेको थियो ।
घाईते अवस्थामा रहेका उनलाई उपचारको लागि दमकको आम्दा अस्पताल पुर्याइएको थियो । उनको उपचारकै क्रममा दिउँसो करिब ३ः३० बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।