२०८१ भदौ २३, आइतवार , ०३:५४:५८ बजे

Sajhamanch
'

लुम्बिनीको मुख्यमन्त्रीमा आचार्यले गरे दाबी पेस

सोमवार, साउन ७, २०८१

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले दाबी पेस गरेका छन् । सोमबार आचार्यले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

केन्द्रीय सहमति अनुसार नेपाली कांग्रेस र एमालेका गरी ५६ सांसदको हस्ताक्षरसहित आचार्यले दाबी पेस गरेका छन् । बहुमतका लागि कम्तीमा ४४ जना सांसदको समर्थन आवश्यक हुन्छ ।

आइतबार प्रदेश प्रमुख शेरचनले सोमबार साँझ साढे ६ बजेसम्म बहुमत सदस्यको हस्तान्तरणसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।

सम्बन्धित खबर