
काठमाडौं । नेपाल र रुसबीचको दोस्रो मैत्रीपूर्ण महिला भलिबल प्रतियोगिता आज हुनेछ ।
आइतबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल रसियासँग ३–० को सोझो सेटले पराजित भएको थियो । नेपालस्थित रसियन दूतावासको विशेष सहयोगमा भइरहेको २ खेल सम्मिलित पहिलो मैत्रीपूर्ण खेलमा पराजित भए पनि दोस्रो खेलमा सकारात्मक नतिजा पस्कन चाहन्छ ।
आजको खेल दशरथ रंगशाला कर्भड हलमा दिउँसो सवा ४ बजेबाट सुरु हुनेछ ।