२०८१ माघ ४, शुक्रवार , ०७:११:०६ बजे

Sajhamanch
'

हरेक दिन औसतमा ९७ वटा गाडी दुर्घटना हुने प्रहरीको तथ्याङ्क

सोमवार, साउन ७, २०८१

काठमाडौं । नेपालमा हरेक दिन औसत ९७ वटा सानाठूला गाडी दुर्घटना हुने गरेका पाइएको छ । नेपाल प्रहरीको तथ्याङ्क विश्लेषणअनुसार दैनिक हुने ९७ वटा दुर्घटनामा औषतमा सात जनाको ज्यान जाने गरेको छ ।

यस्तै ८८ जना घाइते हुने गरेका नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उहाँकाअनुसार गएको आर्थिक वर्ष नेपालमा ३५ हजार ४०४ वटा गाडी दुर्घटना भएका छन् ।

ती दुर्घटनामा परी २ हजार ३६८ जनाको ज्यान गएको छ । ६ हजार १६० गम्भीर र २५ हजार ९९६ जना सामान्य घाइते भएका छन् । गाडी दुर्घटनामा १०१ चौपायासमेत मरेका छन् ।

सबैभन्दा धेरै दुई पाङ्ग्रे गाडी दुर्घटनामा पर्ने गरेको प्रहरीको तथ्याङ्क छ । गएको वर्ष १९ हजार ९८४ मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परेका थिए ।

यसैबीच गएको वर्ष ट्राफिक प्रहरीले २२ लाख ९१ हजार ८१७ वटा कारबाहीमा १ अर्ब ७५ करोड ८१ लाख ८६ हजार ७६० राजस्व संङ्कलन गरेको छ ।

प्रहरीले एक वर्षमा सङ्गठनको आचरणविपरित काम गर्ने १ हजार ७०१ प्रहरी कर्मचारीलाई कारबाही गरेको छ ।