२०८१ कार्तिक २, शुक्रवार , ०३:०४:४४ बजे

Sajhamanch
'

बाग्मतीमा कांग्रेसका लामा र लुम्बिनीमा एमालेका गिरीको नेतृत्वमा सरकार बन्दै

सोमवार, साउन ७, २०८१

काठमाडौं । बाग्मती प्रदेशमा कांग्रेस र लुम्बिनी प्रदेशमा एमालेको नेतृत्वमा सरकार बन्ने भएको छ । बाग्मतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले हिजो राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो ।

केन्द्रमा कांग्रेस र एमालेको भागबन्डाअनुसार बाग्मती सरकारको नेतृत्व कांग्रेसले पाएको छ । कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वमा बाग्मतीमा एमालेसहितको सरकार गठन हुने भएको हो ।

प्रदेश प्रमुख यादव शर्माले नयाँ सरकार गठन गर्न संविधानको धारा १६८ (२) बमोजिम भोलिसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् । कांग्रेस र एमालेले आज नै दाबी पेस गर्ने तयारी गरेका छन् । ११० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५६ मत आवश्यक पर्नेमा कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसद छन् ।

यस्तै, लुम्बिनी प्रदेशमा मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएसँगै एमाले संसदीय दलका नेता लीला गिरीको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ । कांग्रेसको समर्थनमा आज प्रदेश प्रमुखसमक्ष गिरीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार बनाउन बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्नेमा कांग्रेसका २७ र एमालेका २९ गरी ५६ सांसद छन् ।

सम्बन्धित खबर