
झापा । मोरङको बेलबारीमा सर्पले डसेर एक बालिकाको मृत्यु भएको छ । आज दिउँसो १ः१० बजे बेलबारी नगरपालिका–४ स्थित लिम्बू चोक बस्ने सन्तोष कार्कीकी १० वर्षीया छोरी भूमिकालाई आफ्नै घरको कोठाभित्र कपडा पट्याउने क्रममा अचानक गोमन सर्पले डसेको थियो ।
गम्भीर घाइते भई उपचारको लागि कोशी अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।