२०८१ कार्तिक १, बिहिवार , ०३:०६:४१ बजे

Sajhamanch
'

देशभर १ हजार ५५७ जनामा डेंगु सङ्क्रमण

आइतवार, साउन ६, २०८१

काठमाडौं । पछिल्लो समय देशभर लगातार पानी परिरहेकाले डेंगु सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका १ हजार ६५७ जनामा डेंगुको सङ्क्रमण देखिएको छ ।

यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएकाले मनसुनको समयमा लामखुट्टेको प्रजनन अवस्था अनुकूल बन्नसक्ने र डेंगुको सङ्क्रमण पनि बढ्नसक्ने आँकलन गरिएको उनले बताए । उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको जानकारी दिए ।

सबैभन्दा बढी काठमाडौँ जिल्लामा १९६ जनामा डेंगु देखिएको छ । त्यसपछि झापामा १२८ र चितवनमा ९२ जनामा सङ्क्रमण देखिएको डा दाहालले बताए । वर्षाकाबेला पानी सङ्कलन गरेर राख्ने, सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भन्दै त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गुको सङ्क्रमण बढेको उनले उल्लेख गरे ।

सम्बन्धित खबर