
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् ।
जारी बैठकमा प्रधानमन्त्रीओलीले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका हुन् ।
उक्त प्रस्तावमाथि आवश्यक छलफलपछि आजै निर्णयार्थ प्रस्तुत गरिनेछ ।