२०८१ कार्तिक २, शुक्रवार , ०७:५२:३३ बजे

Sajhamanch
'

यो सरकारले राम्रो काम गर्छ : उपप्रधानमन्त्री सिंह

आइतवार, साउन ६, २०८१

काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको सरकारले जनअपेक्षाअनुसार काम गर्ने बताएका छन्।

यसअघिको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेकोले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर नयाँ सरकार बनाउनुपरेको उनको भनाइ छ।

आइतबार तारकेश्वर नगरपालिकाको भवनको उद्घाटन गर्दै उनले देशमा राजनीतिक अस्थिरता देखिएकोले पनि स्थिरता दिनुपर्ने बताए।

‘राजनीतिक अस्थिरता भयो। जनताको चाहनाअनुसार काम हुन सकेको थिएन। त्यसैले कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्‍यो,’ उनले भने, ‘यो सरकारले विगतका सरकारका भन्दा राम्रो काम गर्नुपर्छ।’

उनले स्थानीय सरकारलाई व्यवस्थित गर्दै लैजानुपर्ने पनि बताए।

सम्बन्धित खबर