२०८१ पौष २५, बिहिवार , ०२:३७:०१ बजे

Sajhamanch
'

एकै ठाउँ उभिएका दुई ठूला दललाई गल्ती गर्ने छूट छैन : नेता कोइराला

आइतवार, साउन ६, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एकै ठाउँमा उभिएका दुई ठूला दललाई गल्ती गर्ने छूट नभएको बताएका छन् ।

वीपी कोइरालाको ४२ औँ स्मृति दिवसको अवसरमा वीपी स्मृति सामुदायिक सहकारी अस्पतालले काठमाडौंमा आयोजना गरेको स्मृति सभामा उनले यस्तो बताएका हुन् ।

‘अब जनतालाई सुशासनको अनुभूति हुने गरी सरकारले काम गर्नुपर्छ’, नेता कोइरालाले भने । अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकाले कांग्रेस र एमाले सचेत हुनुपर्ने राय पनि नेता कोइरालाले दिए ।

देशको परिस्थिति अहिले अत्यन्तै खराब रहेको बताउँदै उनले थपे, ‘अब पनि दुई ठूला दलले गल्ती गरे र जनताको भावना बुझ्न सकेनन् भने देश नै कोल्याप्स गर्न पनि सक्छ ।’

सम्बन्धित खबर