२०८१ कार्तिक २, शुक्रवार , १२:१२:५१ बजे

Sajhamanch
'

वैदिक समाज झापाको १६ औं सभा सकियो

शनिवार, साउन ५, २०८१

भद्रपुर । चन्द्रगढीस्थित वैदिक समाज झापाको १६ औं वार्षिक साधारण सभा समापन भएको छ ।

समाजका सल्लाहकार संयोजक उद्धवप्रसाद पराजुलीको प्रमुख आतिथ्य एवं समाजकी अध्यक्ष मिरादेवी पौडेलको अध्यक्षतामा सभा समापन भएको हो ।

सभामा समाजका सचिव द्रोण अधिकारीले संस्थाको वार्षिक गतिविधि प्रस्तुत गर्दै समाज परिवर्तनका लागि सञ्चालित जागरणका कार्यक्रमलाई निरन्तरता दिइने कार्ययोजना प्रस्तुत गरेका थिए ।

सो अवसरमा सामाजिक अभियन्ता राजु बराल, रेवतीराज घिमिरे, अनुप बस्नेत लगायतले मन्तव्य राख्दै संस्थाको मूल उद्देश्यसँग गाँसिएको प्राचीन ग्रन्थ वेदको अध्ययन–अध्यापन कार्य निरन्तर अगाडि बढाउनुपर्ने धारणा राखेका थिए ।

झापाको सदरमुकाम चन्द्रगढीलाई केन्द्र बनाएर २०६२ साल साउन १ गते साविकको चन्द्रगढी ६ मा कार्यालय रहने गरी स्थापना गरिएको संस्था जिल्ला प्रशासन कार्यालय झापामा २०६६ सालमा दर्ता गरिएको हो ।

धर्म र परम्पराका नाममा समाजमा गडिएका रूढीवाद विरूद्ध सशक्त प्रतिकार गर्दै सत्य दर्शन वेदको ज्ञानमा विश्वास गर्नु/गराउनु उक्त संस्थाको सामाजिक दायित्व रहेको बताइएको छ ।

वेदभन्दा प्राचीन ज्ञानको अन्य स्रोेत कुनै ग्रन्थले प्रमाणित गर्न सकेका छैनन् । त्यही सत्य विद्याको अध्ययनलाई मूल लक्ष्य बनाएको संस्थाले हरेक शनिबार बिहान २ घण्टा बालबालिकालाई वेद विद्याको अध्ययनका लागि समय लगानी गरिरहेको छ ।

सम्बन्धित खबर