२०८१ कार्तिक ३, शनिवार , ०६:३०:१२ बजे

Sajhamanch
'

सरकारले भन्यो– ‘बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित छन्’

शुक्रवार, साउन ४, २०८१

काठमाडौं । सरकारले बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले आज एक सूचना निकालेर अहिलेसम्म सम्बन्धित विश्वविद्यालय, कलेज तथा ढाकाको नेपाली राजदूतावाससमेतको सहयोग र समन्वयमा नेपाली विद्यार्थी सुरक्षित रहेको तथा थप सहजताका लागि निरन्तर प्रयास भइरहेको जानकारी दिएको छ ।

तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावक एवम् आफन्तले ढाकाको नेपाली राजदूतावासको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सक्ने पनि मन्त्रालयले जनाएको छ । बङ्गलादेशमा इन्टरनेट सेवा बन्द भएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीसँग सम्पर्क भने केही असहज भएको छ ।

सरकारी जागिरमा कोटा प्रणालीको विरोधमा केही दिनदेखिको प्रदर्शन हिंसात्मक बन्दै गएपछि बङ्गलादेश सरकारले इन्टरनेट तथा टेलिफोन सेवा बन्द गरेको छ । प्रदर्शनमा अहिलेसम्म २५ जनाको ज्यान गएको छ ।

सम्बन्धित खबर