२०८१ कार्तिक २, शुक्रवार , ०८:०१:३८ बजे

Sajhamanch
'

अर्काको नागरिकता प्रयोग गरेर बैंक खाता खोलेको आरोपमा एक जना पक्राउ

शुक्रवार, साउन ४, २०८१

काठमाडौं । अर्काको नागरिकता प्रयोग गरेर बैंक खाता खोलेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–६ घर भएका ध्रुवकृष्ण शर्मा छन् ।

३४ वर्षीय शर्माले मुक्तिनाथ विकास बैंकको थिमी शाखालाई झुक्काएर अर्काको नागरिकता प्रयोग गरेर खाता खोलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले  बताए ।

आरोपीले धनुषा घर भएका सन्तोषसिंह दनुवारको नागरिकता दुरुपयोग गरेर खाता खोलेका हुन् । अर्काको नागरिकता प्रयोग गरेर आफ्नो फोटो र मोबाइल नम्बर राखेर खाता सञ्चालन गरेका शर्माले चेकबुक दुरुपयोग गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनलाई कानुनी कारवाही गर्न प्रहरी वृत्त थिमीमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।

सम्बन्धित खबर