२०८१ कार्तिक २, शुक्रवार , ०१:४४:०८ बजे

Sajhamanch
'

मौद्रिक नीति आज नआउने

शुक्रवार, साउन ४, २०८१

काठमाडौं । चालू आर्थिक वर्षका लागि आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति स्थगित भएको छ। आज दिउँसो ४ बजे ल्याउने तयारी भए पनि तयारी नपुगेको भन्दै स्थगित गरिएको राष्ट्र बैंक स्रोतले उज्यालोलाई जानकारी दिएको छ ।

केही ठाउँबाट आउनुपर्ने तथ्याङ्क पनि आइनसकेको र पछिल्लो राजनीतिक घटनाक्रमले परिस्थिति पनि केही परिवर्तन भएकाले मौद्रिक नीतिको तयारी नपुगेको बुझिएको छ ।

स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक सल्लाहकारमा डा।युबराज खतिवडालाई नियुक्त गरेपछि मौद्रिक नीतिमा उहाँले पनि चासो राखेको र बिफ्रिङ गर्नुपर्ने भएकाले मौद्रिक नीति सार्वजनिकको मिति अर्को हप्तालाई सारिएको हो ।

गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री बिष्णु पौडेललाई मौद्रिक नीतिबारे यसअघि नै जानकारी गराइ सकेका छन् ।

सम्बन्धित खबर