काठमाडौंं । देशका विभिन्न क्षेत्रमा चारी वर्षाको सम्भावना रहेकोले खोला तथा नदीहरूमा बाडीको जोखिम रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह बढ्ने महाशाखाको भनाइ छ ।
यता मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आज राति भारी वर्षा हुने विभागको पूर्वानुमान छ ।