२०८१ भदौ २२, शनिवार , १०:५६:१३ बजे

Sajhamanch
'

‘मोदीबेनी’को प्रेसमिटमा वर्षा र अमरको केमेस्ट्री

शुक्रवार, साउन ४, २०८१

काठमाडौं । ‘मोदीबेनी’ फिल्मको पत्रकार सम्मेलन एक किसिमले वर्षा सिवाकोटी प्रेरित रह्यो । आईएनआईको एनबी सेन्टर हलमा आयोजित ट्रेलर सार्वजनिकीकरण समारोहमा वर्षा ब्ल्याक आउटफिटमा सुन्दर देखिएकी थिइन् ।उनका को-स्टार अमरप्रताप श्रेष्ठले पनि सोही रङको पहिरनमा वर्षालाई साथ दिए । कालो पाइन्ट र कालो लेदर ज्याकेटमा श्रेष्ठ ड्यापर देखिए । फिल्ममा जोडी बाँधेको यो जोडी प्रेसमिटमा पनि केमेस्ट्रीले भरिपूर्ण देखियो ।‘छक्कापञ्जा ५’ को छायांकन सकेको एक दिनपछि वर्षा ‘मोदीबेनी’को प्रवर्द्धनमा सक्रिय भएकी हुन् । ट्रेलर लन्च समारोहमा वर्षालाई साथ दिन ‘छक्कापञ्जा’ फेम्ड निर्देशक दीपाश्री निरौला र निर्माता निर्मल शर्मा पनि हलमा थिए ।

दीपाश्रीले वर्षा र फिल्मलाई व्यावसायिक सफलताको शुभकामना दिइन् । जवाफमा वर्षाले हलमा उपस्थित सबै आफ्नो परिवारजस्तो लागेको बताइन् । फिल्मबारे बोलिरहँदा उनी खुसी देखिइन् । फिल्मको थ्रिलर विषयवस्तुले रोचक बनाएको तर्क उनको थियो ।फिल्ममा उनी लभरगर्ल र एक्सन अवतारमा देखिएकी छन् । डेब्यु ब्वाय अमरप्रतापले को-स्टार वर्षाको प्रशंसा गरे । आफूलाई गाइडेन्स गरेकोदेखि एक्टिङ सिकाएको भन्दै उनी प्रशंसामा उत्रिए ।

अभिनेता सरोज खनालले समारोहमा उपस्थित भएकी दीपाश्रीप्रति कटाक्ष गरे । जवाफमा दीपाश्रीले सरोज खनाल आफ्नो पहिलो हिरो भएको बताइन् । जसले दर्शकको मन जित्यो, सोही हिरो भएको तर्क सरोजले पेश गरे । ‘जस्तै दीपाश्रीलाई हेर्नुस् न,’ उनले भने ।

डेब्यु गर्ल स्नेहा भट्टराईले को-एक्टरहरुले आफूलाई काम सिकाएको भन्दै खुसी व्यक्त गरिन् । अभिनेत्री रेजिना उप्रेतीले नौ वर्षपछिको आफ्नो कमब्याक फिल्म महत्वपूर्ण रहेको बताइन् । ‘यो फिल्मको कथा सुनेदेखि नै राम्रो लागेको थियो,’ उनले भनिन् । फिल्ममा सरोजको अपोजिटमा रेजिना देखिएकी छन् ।यो मल्टिस्टारर फिल्मका को–एक्टरहरु प्रवीण खतिवडा, कमलमणि नेपाल, जीवन भट्टराई लगायत पनि फिल्ममा छन् । शंकर कोइराला निर्देशित फिल्म ‘मोदीबेनी’ साउन १८ गते रिलिज हुँदैछ ।

सम्बन्धित खबर