२०८१ कार्तिक ३, शनिवार , ०१:१२:४३ बजे

Sajhamanch
'

बाढी पहिरोले ७ वटा राजमार्गका १७ ठाउँमा पूर्ण अवरोध, १५२ ठाउँमा एकतर्फी गाडी चल्दै

बुधवार, साउन २, २०८१

काठमाडौं । बर्खायाम शुरु भएपछि बाढी र पहिरोले अवरोध पुर्‍याएका राजमार्गमध्ये १७ वटा अझै पनि पूर्णरूपमा अवरुद्ध रहेका छन् ।

सडक विभागका अनुसार बर्खायाम शुरु भएपछि २९६ ठाउँको सडक अवरुद्ध भएकोमा सात वटा राजमार्गका १७ ठाउँको सडक अझै पूर्णरूपमा अवरुद्ध रहेका हुन् । १५२ ठाउँको सडक एकतर्फी मात्रै सञ्चालनमा रहेको छ । १२७ ठाउँको अवरोध भने पूर्णरूपमा हटाइएको छ ।

कोशी राजमार्ग सङ्खुवासभाको समाटारमा, डुम्रे–बेसीशहर–चामे सडक लमजुङको तिमाङमा, तानसेन–रिडी–कोरला सडक स्याङ्जाको रातोडाँडा बिसोनामा, पुष्पलाल (मध्यपहाडी) राजमार्ग बाग्लुङको काउछे मनेवामा, तानसेन–रिडी–कोरला सडक बाग्लुङको दलव्याङ भीरमा सडक अवरुद्ध छ ।

त्यस्तै पुष्पलाल (मध्यपहाडी) राजमार्ग डोटीको रामपुर र रदुवावामा तथा बाग्लुङको बोक्सेमा सडक अवरुद्ध छ । तानसेन–रिडी–कोरला सडक गुल्मीको बर्दरे खोलामा पनि सडक अवरुद्ध रहेको विभागले जनाएको छ । सडक खुलाउने काम भइरहेको छ ।

अवरुद्ध नभएका सडकमा पनि कतिपय ठाउँमा जोखिमपूर्ण रहेकोले अत्यावश्यक नपरी यात्रा नगर्न र यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

सम्बन्धित खबर