२०८१ पौष २६, शुक्रवार , ०१:३२:२६ बजे

Sajhamanch
'

अर्थमन्त्री पौडेलले भने, ‘भूतप्रवाही कानून जथाभावी बनाउन मिल्दैन’

बुधवार, साउन २, २०८१

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मानवताविरुद्धको जघन्य अपराधमा मात्रै भूतप्रवाही कानून बनाउन मिल्ने बताएका छन् ।

चौथोपटक अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका उनले उद्योग व्यवसायमा भूतप्रवाही कर लगाउन नमिल्ने बताएका हुन् । आज नेपाल उद्योग वाणिज्य महासंघसँगको भेटघाटमा अर्थमन्त्री पौडेलले अस्थिरताको विषयमा बोल्दै भूतप्रवाही कर जथाभावी लगाउन नमिल्ने बताए ।

‘भूतप्रवाही कानून दुई वटा सन्दर्भमा मात्रै बनाउन मिल्छ,’ उनले भने, ‘यसमा पनि मुख्यगरी मानवताविरुद्धको जघन्य अपराधमा मात्रै पाइन्छ । अन्यत्र पाइँदैन ।’ यो सरकारले विगतका उत्पादन र समस्यामाथि आज कानून बनाएर आज लागू नगर्ने पौडेलको भनाई छ ।

सम्बन्धित खबर