२०८१ कार्तिक ३, शनिवार , ०९:५९:४४ बजे

Sajhamanch
'

शेयर बजार ५४ अङ्कले बढ्यो, झन्डै ३५ महिनापछि १२ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

बुधवार, साउन २, २०८१

काठमाडौं । शेयर बजार आज पनि उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५४ दशमलव शून्य चार अङ्कले बढेर २ हजार ३६४ दशमलव ६३ विन्दुमा पुगेको छ । नेप्से २६ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि २०७९ साल वैशाख २८ गते नेप्से २ हजार ३६९ विन्दुमा पुगेको थियो ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, होटल, उत्पादन, विकास बैंक, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज सेन्ट्रल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै पाँच वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन सिटिजन्स म्युचल फन्ड–२ को शेयर भने झन्डै १० प्रतिशतले घटेको छ ।

आज कारोबार रकम पनि उल्लेख्य बढेको छ । आज ३०६ वटा कम्पनीका ३ करोड २० लाख कित्ता शेयर १२ अर्ब पाँच करोड रुपैयाँभन्दा धेरैमा कारोबार भएको छ । कारोबार रकम झन्डै ३५ महिनायताकै धेरै हो । यसअघि २०७८ साल भदौ १५ गते १३ अर्ब २५ करोड रुपैयाँको कारोबार भएको थियो ।

सम्बन्धित खबर