२०८१ कार्तिक २, शुक्रवार , ०९:२७:३० बजे

Sajhamanch
'

कायममुकायम मुख्य सचिवमा लीलादेवी गडतौला

मङ्गलवार, साउन १, २०८१

काठमाडौं । सरकारले लीलादेवी गडतौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले गडतौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

गडतौला यसअघि निमित्त मुख्यसचिवको जिम्मेवारीमा थिइन्। गत असार ९ गते उनलाई मन्त्रिपरिषद बैठकले निमित्त मुख्यसचिवको जिम्मेवारी तोकेको थियो।

त्यसअघिका मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव गडतौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिइएको थियो।

गडतौला आउँदो भदौ १४ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछिन्। उनी २०७७ कात्तिकमा सचिव भएकी थिइन्।

सम्बन्धित खबर