काठमाडौं । सरकारले युरिया मल आयातका लागि ठेक्का खुलाएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडले ३० हजार मेट्रिक टन युरिया आयात गर्नका लागि आज ठेक्का आह्वान गरेको हो । ई–बिडिङ मार्फत ३० हजार मेट्रिक टन मल खरिद गर्न लागिएको कम्पनीले जनाएको छ ।
बोलपत्रदाताहरूले आउँदो अगस्ट ६ तारिखसम्म कृषि सामग्री कम्पनी कुलेश्वरमा आवेदन दिइसक्नुपर्ने सूचनामा उल्लेख छ । अहिले ठेक्का आह्वान भएको मल आउँदो हिउँदका लागि भएको कम्पनीले जनाएको छ ।
बर्खाका लागि ८५ हजार मेट्रिक टन डीएपी र युरिया नेपाल भित्रिने क्रममा छ । अहिले ४३ हजार ५ सय ८ मेट्रिक टन मल मौज्दात रहेकाले अभाव नहुने कम्पनीले जनाएको छ ।