२०८१ पौष २५, बिहिवार , ०१:१३:२० बजे

Sajhamanch
'

कोरियन ओपन कराँते : नेपाली खेलाडीले जिते एक स्वर्ण र दुई रजत

मङ्गलवार, साउन १, २०८१

काठमाडौं । दक्षिण कोरियाको बुसानमा सम्पन्न १६ औँ कोरियन ओपन अन्तर्राष्ट्रिय कराँते डो च्याम्पियनसिपमा नेपाली खेलाडीले एक स्वर्ण र दुई रजत पदक जितेका छन् ।

प्रतियोगितामा नेपाली खेलाडी अनिल थोकरले स्वर्ण पदक जितेका छन् । उनले पुरुषतर्फको ५२ केजीभन्दा मुनिको तौलसमूहमा स्वर्ण पदक जितेका हुन् । यसैगरी, नेपाली खेलाडी जमानसिंह गुरुङले दुईवटा रजत पदक जितेका छन् ।

उनले पुरुषतर्फको सिनियर एकल कातामा रजत पदक जितेका हुन् । उनले कुमुतेतर्फ ७५ केजीभन्दा मुनिको तौलसमूहमा पनि रजत पदक जिते । उनी प्रतिस्पर्धात्मक फाइनलमा फिलिपिन्सका खेलाडीसँग पराजित भएका थिए ।

लम्जुङका गुरुङ हाल वैदेशिक रोजगारीका सिलसिलामा कोरियामै रहेका छन् । उनले कोरियामै कराँते र किक बक्सिङको प्रशिक्षण लिँदै आएका छन् ।

प्रतियोगितामा आयोजक दक्षिण कोरिया, नेपाल, हङ्कङ, फिलिपिन्स, इन्डोनेसिया, मलेसिया, क्यानडा, पाकिस्तान, कजाकस्तान, उज्बेकिस्तान र भारतका खेलाडीले भाग लिएका थिए ।

सम्बन्धित खबर