
काठमाडौं । कोलम्बिया फुटबल महासंघका अध्यक्ष र उनका छोरासहित २७ जना पक्राउ परेका छन् । हिजो बिहान कोपा अमेरिका फुटबलको फाइनल खेलमा झडप र विवादको घटना भएको थियो । यही विवादलाई लिएर कोलम्बियाली फुटबल महासंघका प्रमुख रामोन जेसुरन र उनका छोरा पक्राउ परेका बीबीसीले जनाएको छ ।
७१ वर्षीय रामोन र ४३ वर्षीय उनका छोरालाई खेल अधिकारी र कर्मचारीसँग झगडा गरेकोसहित विभिन्न आरोपमा पक्राउ गरिएको मियामीको सुरक्षा निकायले जनाएको छ । हिजो भएको कोपा फाइनलमा कोलम्बिया अर्जेन्टिनासँग १–० गोलले पराजित भएको थियो ।