२०८१ कार्तिक ३, शनिवार , ०६:५५:२० बजे

Sajhamanch
'

एन्जलो डी मारियाले लिए सन्न्यास

मङ्गलवार, साउन १, २०८१

झापा । अर्जेन्टिनी विंगर एन्जलो डी मारियाले सन्न्यास लिएका छन् । उनले कोपा अमेरिका सुरु हुनुअघि नै आफ्नो अन्तिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता भएको बताएका थिए । आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेललाई उनले सुखद बनाएका छन् ।

मारियाले दुईपटक अर्जेन्टिनाका लागि निर्णायक गोल छन् । सन् २००८ को बेइजिङ ओलम्पिकमा अर्जेटिनाले स्वर्ण हात पार्दा उनले नाइजेरियाविरुद्ध गोल गरेका थिए । सन् २०२१ मा कोपा अमेरिकाको उपाधि जित्दा उनले ब्राजिलविरुद्धको फाइनलमा गोल गरेका थिए ।

कप्तान मेसीको अन्तर्राष्ट्रिय फुटबल सफलतामा डी मारियाले धेरै योगदान दिएका छन् । तर, मेसीको प्रदर्शनमा उनी सधैँ छायाँमा परे । यसपटक कोपा अमेरिका खेल्नुअगाडि नै सन्न्यास लिने र युवाहरूलाई मौका दिने मारियाले बताएका थिए ।

उनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेलमा कोलम्बियाविरुद्ध लगभग पूरा समय खेले । खेलको ११६औँ मिनेटमा उनी मैदानबाट बाहिरिँदा भावुक बने । ‘मैलै यस्तै सपना देखेको थिएँ, कोपा अमेरिकाको उपाधिका साथ बिदा हुँदै छु,’ डी मारियाले भने, ‘मेसीलाई मैले कोपा अमेरिका नै अन्तिम प्रतियोगिता भनेको थिएँ, अमेरिकामा फाइनल खेलेको र उपाधि जितेको सपना देखेको थिएँ ।’ फाइनल खेलमा उनी नै प्लेयर अफ दी म्याच घोषित भए ।

डी मोरियाले सन् २०२२ मा कतारले आयोजना गरेको फिफा विश्वकप फुटबल जीवनकै सुन्दर पक्ष भएको बताएका छन् । ‘यदि मेरो करिअरमा खास दिन सोध्नुहुन्छ भने म कतार विश्वकप नै भन्छु,’ उनले भने, ‘जहाँ हामी विश्व च्याम्पियन भएका थियौँ, हरेक फुटबल खेलाडीले विश्वकप ट्रफी उचालेको सपना देखेका हुन्छन्, जुन मैले पूरा गर्न अवसर पाएँ ।’ ३६ वर्षीय डी मारियाले अर्जेन्टिनाबाट १ सय ४५ खेल खेल्दै ३१ गोल गरेका छन् । उनले अर्जेन्टिनाका लागि ६ कोपा अमेरिका र ४ विश्वकप खेलेका छन् ।

सम्बन्धित खबर