
काठमाडौं । देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। आज सिन्धुपाल्चोक, दोलखा, रसुवा, धादिङ, गोरखा, लमजुङ, बाजुरा, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव बढ्ने तथा केही नदीमा आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ।
यी जिल्ला भई बहने नदीको आसपासमा आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ। मौसम पूर्वानुमान महाशाखाले पनि आज बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।