२०८१ पौष २५, बिहिवार , ०४:५८:५९ बजे

Sajhamanch
'

नेत्रहीन विश्वकप क्रिकेट : पहिलो चरणमा नेपालबाट छानिए १९ खेलाडी

मङ्गलवार, साउन १, २०८१

काठमाडौं । आउँदो नोभेम्बरमा हुने चौथो टी–२० नेत्रहीन विश्वकप क्रिकेटमा सहभागिताका लागि नेपालले पहिलो चरणमा खेलाडी छनोट गरेको छ ।

पहिलो चरणमा १९ जना खेलाडी छनोट गरिएको नेत्रहीन क्रिकेट संघ नेपालले जनाएको छ ।

छनोट समितिको सिफारिस अनुसार सुनिल सुवेदी, सागर लामा, भरत चौलागाईं, दुर्गादत्त पौडेल, प्रेम क्षेत्री, मदन न्यौपाने, प्रविन तामाङ, अमिस गुरागाईं, भरत थापा र रमेश बानियाँ छानिएका छन् ।

यसैगरी, नरेश चौधरी, सुनिल राना, पदम बडैला, सन्त पहरी, रविन्द्र बोहरा, खेमराज सापकोटा, पदम कार्की‚ युवराज भण्डारी र निश्चल शिवाकोटी पनि पहिलो चरणको छनोटमा परेका छन् ।

चौथो टी–२० नेत्रहीन विश्वकप क्रिकेट नोभेम्बरमा पाकिस्तानमा हुनेछ । सहभागी हुने अन्तिम १५ जना खेलाडीको टुंगो दोस्रो चरणको छनोटबाट लगाइने संघले जनाएको छ ।

यसअघि तेस्रो नेत्रहीन विश्वकप क्रिकेटको उपाधि आयोजक भारतले जितेको थियो ।

सम्बन्धित खबर