२०८१ पौष २६, शुक्रवार , ०७:१४:३६ बजे

Sajhamanch
'

नवनियुक्त गृहमन्त्री लेखकद्वारा ‘क्याप’ को चौथो कार्ययोजना स्वीकृत

सोमवार, असार ३१, २०८१

काठमाडौं । नवनियुक्त गृहमन्त्री रमेश लेखकले क्राइम एक्सन प्लान (क्याप) को चौथो कार्ययोजना स्वीकृत गरेका छन् ।

सोमबार मन्त्रालयमा पदभार सम्हाल्दै उनले क्यापको चौथो कार्ययोजना स्वीकृत गरेका हुन् । अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउने उद्देश्यले नेपाल प्रहरीमा क्याप कार्ययोजना लागू हुँदै आएको छ ।

चौथो त्रिवर्षीय कार्ययोजना २०८१/८२ देखि २०८३/८४ सम्मका लागि मन्त्री लेखकले स्वीकृत गरेका हुन् ।

यसअघि उनले चितवनको सिमलताल बस दुर्घटनाबारे छानबिन गर्न भन्दै गृहका सहसचिव छवी रिजालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति समेत बनाउने निर्णय गरेका थिए ।

प्राकृतिक प्रकोपको विपत्तीलाई उचित ढंगले व्यवस्थापन गर्नु गृहको तत्कालको काम रहेकाले सोही अनुसार अघि बढ्ने पनि मन्त्री लेखकले बताए ।

विधिको शासन कायम गर्न, शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न केन्द्रीत भएर काम गरिने पनि उनले बताए । इमान्दारिता र निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता मन्त्री लेखकले पदभार ग्रहणका क्रममा जनाएका छन् ।

सम्बन्धित खबर