२०८१ फागुन १२, सोमवार , १२:४५:३६ बजे

Sajhamanch
'

परराष्ट्र मन्त्री आरजुले गरिन् पदभार ग्रहण 

सोमवार, असार ३१, २०८१

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले पदभार ग्रहण गरेकी छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहणपछि पार्टी केन्द्रीय कार्यालय पुगेर मन्त्री देउवाले बिपीको शालिकमा माल्पार्पण गरेकी थिइन्।

त्यसपछि उनी बगलामुखी मन्दिर पुगेर दर्शन गरेकी थिइन्। मन्त्री देउवा त्यसपछि सिंहदरबार पुगेर परराष्ट्र मन्त्रालयमा कार्यभार सम्हालेकी हुन्।

आरजु कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद छिन्। उनी सभापति शेरबहादुर देउवाकी पत्नीसमेत हुन्। आरजु पहिलो पटक मन्त्री बनेकी हुन्।

सम्बन्धित खबर