
काठमाडौं । नवनियुक्त श्रममन्त्री शरतसिंह भण्डारीले पदभार ग्रहण गरेका छन् ।
शपथ ग्रहणपछि सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यकक्षमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । यसअघि श्रममन्त्री रहेका भण्डारीले ४ महिनापछि पुनः मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।