
काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको चाहनाअनुसार सुविधायुक्त सहर बनाउने काम गरिने बताएका छन्।
शपथपछि मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै सोमबार उपप्रधानमन्त्री सिंहले मन्त्रालयको काम, कर्तव्य र अधिकार तथा सीमाभित्र रहेर सुविधायुक्त सहर बनाउने काम गरिने बताए।
‘जनताको चाहनाअनुरूप सुविधा दिन लायक सहर बनाउनका लागि मन्त्रालयको काम, कर्तव्य र अधिकार तथा सीमाभित्र बसेर कामहरू अघि बढाउँछौं,’ मन्त्री सिंहले भने, ‘जनतामा चाहनाअनुसार काम भएन भन्ने गुनासा पनि छन्, यसलाई सम्बोधन गरेर जानुपर्छ।’