२०८१ कार्तिक ३, शनिवार , ०३:५५:२९ बजे

Sajhamanch
'

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले ६ साउनमा विश्वासको मत लिने

सोमवार, असार ३१, २०८१

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ६ साउनमा विश्वासको मत लिने भएका छन् ।

सोमबार बिहान मुख्यमन्त्री निवासमा सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीबीचको छलफलपछि मुख्यमन्त्री जम्कट्टेल साउन पहिलो हप्ताभित्र विश्वासको मत लिने टुंगोमा पुगेका एकीकृत समाजवादीका नेता कृष्णप्रसाद खनालले जानकारी दिए ।

त्यसै अनुसार मुख्यमन्त्री जम्कट्टेलले ६ साउनमा विश्वासको मत लिन लागेको जानकारीसहितको पत्र प्रदेशसभा सचिवालयमा बुझाएका छन् ।

नेकपा एमालेले २४ असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका जम्कट्टेलले प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ । मुख्यमन्त्रीको विपक्षमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेको प्रदेशसभामा बहुमत भएकाले उनी पदमुक्त हुने निश्चितजस्तै छ ।

२५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता समीकरणबाट माओवादी केन्द्रका जम्कट्टेल मुख्यमन्त्री बनेका थिए ।

तर साढे दुई महिनामा नै एमाले बाहिरियो भने नेपाली कांग्रेस जम्कट्टेल नेतृत्वको सरकारमा सहभागी भयो । गत फागुनमा केन्द्रमा एमाले र माओवादीबीच सहमति भएपछि चैत २०८० मा एमाले सरकारमा आयो भने कांग्रेस बाहिरिएको थियो ।

सम्बन्धित खबर