२०८१ कार्तिक ३, शनिवार , ०७:५५:३४ बजे

Sajhamanch
'

परराष्ट्र मन्त्री आरजुलाई भारतीय समकक्षी जयशंकरको बधाई

सोमवार, असार ३१, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतीय समकक्षी एस जयशंकरले बधाई दिएका छन्।

सोमबार परराष्ट्रमन्त्री आरजुले शपथ ग्रहण गरेसँगै भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत बधाई दिएका हुन्।

‘नेपालको परराष्ट्रमन्त्रीको रुपमा नियुक्त हुनुभएकोमा आरजु राणा देउवालाई हार्दिक बधाई। बहुआयामिक साझेदारीलाई अघि बढाउन तपाईसँग मिलेर काम गर्न तत्पर छु,’ जयशंकरले लेखेका छन्।

सम्बन्धित खबर