२०८१ भदौ २३, आइतवार , ०८:३५:११ बजे

Sajhamanch
'

स्वास्थ्यमन्त्री पौडेलको पहिलो निर्णय : राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गर्ने

सोमवार, असार ३१, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेसँगै क्यासर रोग निवारण रणनीति बनाउने पहिलो निर्णय गरेका छन् ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलले नेपालमा क्यान्सर रोगका बिरामी दिन प्रतिदिन बढिरहेको भन्दै त्यसको निवारणका लागि रणनीति बनाउन आवश्यक रहेको मन्त्रीसमक्ष ‘ब्रिफिङ’ गरेका थिए । मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर रणनीति (२०२४–२०३०) स्वीकृत गर्ने पहिलो निर्णय गरेका छन् ।

पदभार ग्रहण गरेर सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले क्यान्सर रोगीहरूको उपचारका लागि एकरुपता ल्याउने गरी प्रणालीको विकास गरिने जानकारी दिए । यस्तै स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गर्ने र सबैलाई समेट्ने योजना ल्याउने उनले निर्णय गरे ।

एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने उनले बताए । मन्त्री पौडेलले एक साताभित्र तत्कालीन र एक महिनाभित्र दीर्घकालीन योजना तयार पार्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

काठमाडौं क्षेत्र नम्बर ५ बाट पदमा निर्वाचिन पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त गरेका हुन्

सम्बन्धित खबर