
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा एमालेबाट मन्त्री बनेकाहरू केन्द्रीय मुख्यालय च्यासल पुगेका छन् ।
पार्टी नेताहरू पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको शालिकमा माल्यार्पण गर्न प्रधानमन्त्री ओली च्यासल पुगेका हुन् । प्रधानमन्त्रीसँगै मन्त्रीहरू पनि च्यासलमै छन् ।
माल्यार्पणपछि नेता–कार्यकर्ताबाट शुभकामना लिने क्रम केन्द्रीय कार्यालयमा चलिरहेको छ ।