काठमाडौं । भन्सार छली गरेको सुनसहित भारतीय नागरिक ४१ वर्षीय दीपक जैरामदास घिन्ड गएराति पक्राउ परेका छन् ।
एयर अरेबियाको उडानबाट सार्जाहाबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार जाँच क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो ।
जाँचका क्रममा ९९ ग्राम ४१ मिलिग्राम तौलको सुन जस्तो देखिने पहेँलो धातुको सिक्री १ थान, बाला २ थान, मोबाइल ४ थान र ल्यापटप ४ थानसहित घिन्ड पक्राउ परेका हुन् ।
त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।