२०८१ भदौ २२, शनिवार , ११:३६:३९ बजे

Sajhamanch
'

बालबालिकालाई खोपबाट वञ्चित हुन दिँदैनौ : मुख्यमन्त्री कार्की

सोमवार, असार ३१, २०८१

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका बालबालिकालाई खोपबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रदेश स्वास्थ्य मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममा प्रदेश पूर्ण खोप सुनिश्चितता घोषणा गर्दै उनले बालबालिकाले १६ महिनामा सबै १३ वटा खोप लगाउने अधिकार कुण्ठित हुन नदिन मन्त्रालय, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई आग्रह एवं निर्देशन दिए ।

मुख्यमन्त्री कार्कीले प्रदेशलाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गर्न पाएकामा खुशी व्यक्त गर्दै यसबाट राष्ट्रिय तथ्यांक एवं मानचित्रमा प्रदेशको नाम राख्न पाएकामा सबैलाई बधाई एवं शुभकामना दिए ।

उनले सरकारले आगामी साउनदेखि नागरिकका घरदैलोमा स्वास्थ्य जाँच गर्न विशिष्ट स्वास्थ्यकर्मीको साथमा मोबाइल भ्यानबाट सेवा प्रारम्भ गर्ने प्रतिबद्धता व्यक्त गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले महामारी आउन नदिन बालबालिकालाई तोकिएको समयमा सबै खोप दिनुपर्नेमा जोड दिए ।

उनले प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव राधिका थपलिया र स्वास्थ्य निर्देशनालयका प्रमुख ज्ञानबहादुर बस्नेतलाई प्रदेशका १४ जिल्लाका १३७ पालिका खोप सुनिश्चिता भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

सम्बन्धित खबर