२०८१ कार्तिक ३, शनिवार , १०:२८:३६ बजे

Sajhamanch
'

नवलपरासी पूर्व र पश्चिममा थप ३ जनाको शव फेला, हालसम्म १२ शव प्राप्त

सोमवार, असार ३१, २०८१

काठमाडौं । नवलपरासी पूर्व र पश्चिममा ३ जनाको शव भेटिएको छ । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदिको किनारमा एउटा र पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक नहरमा दुई जनाको शव भेटिएको बामगती प्रदेशका डीआईजी विष्णु केसीले रातोपाटीलाई बताए ।

डीआईजी केसीले भने– ‘नवलपरासी पूर्वको गण्डकमा शव देखिएको छ तर, निकालिसकेको अवस्था छैन ।’ आइतबार साँझ नवलपरासी पूर्वको विनयीत्रिवेणी गाउँपालिका–७ गण्डक नहरमा भेटिएका दुई वटा शवको सनाखत गरिएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ स्थित पदमपोखरी बस्ने २३ वर्षीय सुदिप विक र रौतहट जमुनामाई–४ बस्ने १७ वर्षको राहुम मियाँ छन् । सुदिप एन्जल डिलक्समा सवार थिए । मियाँ गणपति डिलक्समा सवार रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले रातोपाटीलाई बताए ।

चितवन, नवलपरासी पूर्व र पश्चिमबाट १२ जनाको शव संकलन गरिएको छ । तीमध्ये ७ जनाको सनाखत भएको र अरुको सनाखत गर्ने प्रयास भइरहेको डीआईजी केसीले जानकारी दिए ।

सम्बन्धित खबर