२०८१ कार्तिक ३, शनिवार , ११:४८:३८ बजे

Sajhamanch
'

प्रधानमन्त्री ओलीको पीएसओमा डीएसपी कार्की

सोमवार, असार ३१, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) को जिम्मेवारी डीएसपी नवीन कार्कीले पाएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानबाट कार्की बालुवाटारस्थित प्रधानमन्त्रीको सुरक्षा कार्यालयमा सरुवा भएका हुन् ।

इन्स्पेक्टर माधव केसीलाई पनि प्रधानमन्त्रीको सुरक्षा अधिकृतमा सरुवा गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट उनी बालुवाटार स्थित प्रधानमन्त्री सुरक्षा कार्यालयमा सरुवा भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानमा डीएसपी केशर न्यौपानेलाई सरुवा गरिएको छ । न्यौपाने यसअघि जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत थिए ।

सम्बन्धित खबर