२०८१ कार्तिक ३, शनिवार , १०:२१:३९ बजे

Sajhamanch
'

पहिरोले पाँचथरमा ६ परिवार विस्थापित

सोमवार, असार ३१, २०८१

पाँचथर । पहिरोका कारण पाँचथर फालेलुङ गाउँपालिका-३ ताङलेपा पुछार टोलका ६ घर विस्थापित भएका छन् । असार २९ गते राति परेको अविरल वर्षाका कारण पहिरो झरी पुछार टोलका ६ परिवारका २३ जना विस्थापित भएका हुन् ।

विस्थापित हुनेहरूमा गौरीभक्त केरुङ , कृष्णबहादुर केरुङ , मदन जगेबु , भिमबहादुर जबेगु,प्रेम केरुङ र जन्म केरुङको परिवार रहेका छन् । उनीहरूलाई सुरक्षित स्थानमा सारिएको प्रहरी चौकी थोक्लिम्वाले जनाएको छ ।

सम्बन्धित खबर