२०८१ कार्तिक ३, शनिवार , ०३:५४:५४ बजे

Sajhamanch
'

अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना छैन : मौसमविद्

सोमवार, असार ३१, २०८१

काठमाडौं । मनसुनी वायु कमजोर भएकाले अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले ठूलो पानी पर्ने सम्भावना छैन । तर केही ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने उनले जानकारी दिए।

मौसम पूर्वानुमान महाशाखाले निकालेको नियमित मौसम बुलेटिनमा आज बेलुकी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उल्लेख छ । तर अघिल्लो हप्तातिर जस्तो देशभर एकसाथ ठूलो पानी पर्ने सम्भावना अबको तीन दिन नरहेको मौसमविद् मानन्धरले जानकारी दिए। काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा आज बिहानैदेखि घाम लागेको छ ।

सम्बन्धित खबर