२०८१ कार्तिक ३, शनिवार , ०९:४९:४२ बजे

Sajhamanch
'

जिम्बावेसँगको पाँच खेलको टि–ट्वान्टी शृङ्खला भारतले जित्यो

सोमवार, असार ३१, २०८१

काठमाडौं । जिम्बावेसँगको पाँच खेलको टि–ट्वान्टी शृङ्खला भारतले जितेको छ । अन्तिम खेलमा हिजो भारतले जिम्बावेलाई ४२ रनले हराउँदै शृङ्खला ४–१ ले जितेको हो ।

भारतले दिएको १६८ रनको लक्ष्य पछ्याएको जिम्बावेले १८ ओभर तीन बलमा १२५ रन मात्र बनाउन सक्यो । जिम्बावेका लागि डिअन मायर्सले सर्वाधिक ३४ रन बनाए । भारतका लागि मुकेश कुमारले चार विकेट लिए ।

त्यसअघि हरारेमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो । भारतका लागि सञ्जु स्यामसनले सर्वाधिक ५८ रन बनाए । जिम्बावेका लागि ब्लेसिङ मुजराबानीले दुई विकेट लिए ।

भारतले शृङ्खलाको पहिलो खेलमा हार बेहोरेर त्यसपछिका सबै खेल जितेको छ । भारतको आउँदो शृङ्खला जुलाई अन्तिममा श्रीलंकामा हुनेछ ।

सम्बन्धित खबर