२०८१ कार्तिक ३, शनिवार , ०९:००:२९ बजे

Sajhamanch
'

गहुँ बोकेको ट्रकमा जुत्ताचप्पल तस्करी

आइतवार, असार ३०, २०८१

काठमाडौं । गहुँभित्र लुकाएर तस्करी गर्न लागिएको १५ बोरा जुत्ता चप्पलसहितको ट्रक सशस्त्र प्रहरीले सप्तरीबाट नियन्त्रणमा लिएको छ।

सर्लाहीको इश्वरपुरस्थित मनकामना ट्रेडर्सको नाममा २ हजार १०० किलो गहुँको नक्कली भिसीटियस विल बनाएर सिरहाको नवराजपुर गाउँपालिका–४ झासपट्टिबाट लोड गरिएको गहुँ र १५ बोरा भारतीय जुत्ता चप्पलसहित ना. ६ ख ६६६५ नम्बरको ट्रकलाई आइतबार बिहान ३ बजे सप्तरीको कडरवानास्थित पूर्व–पश्चिम लोकमार्गबाट नियन्त्रणमा लिइएको हो।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस कडरवानाले विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको सामानमध्ये सिरहाबाट लोड गरिएको गहुँको सर्लाहीबाट भिसीटियस विल बनाइएको तर जुत्ताचप्पलको कुनै प्रकारको बिलसमेत फेला परेको छैन।

नियन्त्रणमा लिइएको ट्रक, सामान र ट्रकका चालकसहितलाई आवश्यक कारबाहीको लागि ५० लाख ६७ हजार ९९० रुपैयाँ कायम गरी राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सम्बन्धित खबर