काठमाडौं । साफ यू–२० च्याम्पियनसिपको तयारीमा रहेको यू–२० राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण आइतबारदेखि सुरु भएको छ ।
साफ यू–२० च्याम्पियनसिपको तयारीका लागि यु–२० राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सुरु भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । साफ यु–२० च्याम्पियनसिप आगामी अगस्ट १८ देखि काठमाडौंमा हुँदैछ ।
साफ यु–२० को बन्द प्रशिक्षणमा ४० खेलाडी सहभागी छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठको कोचिङ स्टाफले टोलीलाई प्रशिक्षण दिइरहेको छ । च्याम्पियनसिपमा नेपाल रहेको समूह ‘ए’ मा श्रीलंका र बंगलादेश छन् ।
समूह ‘बी’ मा भारत, माल्दिभ्स र भूटान छन् । दुवै समूहको शीर्ष दुईमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । नेपालले उद्घाटन खेलमा श्रीलंकासँग अगष्ट १८ मा खेल्ने छ ।