२०८१ कार्तिक २, शुक्रवार , ०८:२०:५४ बजे

Sajhamanch
'

स्थापना दिवसमा आत्मनिर्भर महिला साकोसको स्तुत्य कार्य

आइतवार, असार ३०, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको आत्मनिर्भर महिला बचत तथा ऋण सहकारी संस्थाको १२औं स्थापना दिवसका अवसरमा विभिन्न रोगसँग लडिरहेका आफ्ना सदस्यहरुलाई उपचार सहयोग प्रदान गरिएको छ ।

आत्मनिर्भर साकोसले सञ्चालन गरेको उपचार कोषबाट मिर्गौला खराब भएर उपचार गराइरहेकी बिर्तामोड वडा नं १ निवासी सिर्जना रोक्कालाई २५ हजार रुपैयाँ, पाठेघरको क्यान्सर जस्तो घातक रोगसँग लडिरहेकी बिर्तामोड वडा नं ३ निवासी सिता प्रसाई शिवाकोटीलाई २५ हजार रुपैयाँ र टाउकाको शल्यक्रिया गरेर स्वास्थ्य लाभ गरिरहेकी बिर्तामोड वडा नं ६ निवासी निर्मला उप्रेतीलाई १० हजार रुपैयाँ आर्थिक सहयोग गरी स्थापना दिवस मनाएको हो ।

संस्थाका सदस्यका घरघरमा नै पुगेर अध्यक्ष पवित्रा महतारा प्रसाई, सचिव पुष्पा दाहाल, व्यवस्थापक इन्दिरा भट्टराईसहित सञ्चालकहरु र सहकारी अभियन्ताहरुले उपचार सहयोग प्रदान गरेका हुन् ।

सम्बन्धित खबर