२०८२ जेठ ११, आइतवार , ०१:०७:१२ बजे

Sajhamanch
'

कुसुमलाई फिल्ममा भ्याइनभ्याइ, ‘माइली’मा अनुबन्धित

शनिवार, असार २९, २०८१

काठमाडौं । प्रकाश सपुतको म्युजिक भिडियो ‘सकम्बरी’बाट चर्चा बटुलेकी मोडल कुसुम शर्मालाई यतिबेला फिल्ममा भ्याइनभ्याइ छ । उनी एकपछि अर्को गरि फिल्ममा ब्यस्त हुन थालेकी छन् ।मिलन चाम्सको ‘वर एण्ड वधु’मा सहायक भूमिकामा अभिनय गरेकी शर्मा यतिबेला नयाँ फिल्म ‘माइली’मा अनुबन्धित भएकी छन् । बाबु बलामीले निर्देशन गर्ने यो फिल्ममा कुसुमको भूमिकाबारे खुलाइएको छैन ।

‘एक महत्वपूर्ण रोलमा हामीले उहाँलाई अनुबन्धित गरेका छौं’ बलामीले  भने, ‘दर्शकले उहाँको रोललाई रुचाउनेछन् भन्ने लागेको छ ।’ निर्माताले कुसुमलाई लिएर फस्टलुक पनि सार्वजनिक गरेको छ ।

जहाँ, उनलाई गम्भीर भावमा देख्न सकिन्छ । पोस्टरको पृष्ठभूमिमा एक महिलाले केही काम गरिरहेको देख्न सकिन्छ । जेलको सेटिङ यसमा दर्शाइएको छ ।कुसुमसँगै फिल्ममा कलाकारको लाइनअपले पूर्णता पाएको छ । यसअघि फिल्ममा प्रियंका कार्की, करिश्मा मानन्धर, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन अनुबन्धित भइसकेका छन् ।

निर्देशक बलामीले महिलाको मर्म देखाइने फिल्मको कथावस्तु सत्य घटनाबाट प्रेरित हुने बताए । ‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ रु उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ रु यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ’, निर्देशक बलामीले भने ।असार अन्त्यदेखि छायांकन गरिने फिल्म मकवानपुरको वीरखर्क, कुलेखानी, काठमाडौं र युएईको दुबईमा खिचिने भएको छ । फिल्ममा शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, सम्बाद तथा राजेन्द्र बजगाइको संगीत रहनेछ ।

सम्बन्धित खबर