२०८१ कार्तिक ४, आइतवार , ०७:४८:५२ बजे

Sajhamanch
'

अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै बलिङ गर्ने विश्वको पहिलो तीव्र गतिका बलर बने एन्डरसन

शुक्रवार, असार २८, २०८१

झापा । इङ्गल्यान्डका जेम्स एन्डरसन अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै बलिङ गर्ने विश्वको पहिलो तीव्र गतिका बलर बनेका छन् । घरेलु मैदानमा वेस्ट इन्डिजसँगको पहिलो टेस्ट क्रिकेटमा एन्डरसनले यो उपलब्धि हासिल गरेका हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा ४०१ खेलमा ५० हजारभन्दा धेरै पटक बलिङ गरेका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै बलिङ गर्ने बलरको शीर्ष स्थानमा भने श्रीलङ्काका मुथैया मुरलीधन छन् । उनले ४९५ खेलमा ६३ हजार १०० भन्दा धेरै पटक बलिङ गरेका छन् । यस्तै दोस्रो स्थानमा रहेका भारतका अनिल कुम्ब्लेले ४०३ खेलमा ५५ हजार ३०० भन्दा धेरै बलिङ गरेका छन् । मुथैया र अनिल दुवै स्पिनर बलर हुन् । एन्डरसन भने तीव्र गतिका बलर हुन् ।

यसैगरी जेम्स एन्डरसन टेस्ट क्रिकेटमा ४ हजार पटक बलिङ गर्ने चौथो बलर बनेका छन् । यसअघि मुथैया मुरलीधरन, अनिल कुम्ब्ले र अस्ट्रेलियाका शेन वार्नले यो उपलब्धि हासिल गरिसकेका छन् ।

आफ्नो टेस्ट करियरको अन्तिम खेल खेलिरहेका एन्डरसनले टेस्ट क्रिकेटमा अहिलेसम्म ७०३ विकेट लिएका छन् । टेस्ट क्रिकेटमा मुथैया मुरलीधरनले सबैभन्दा धेरै ८०० विकेट लिएका छन् । यस्तै शेन वार्न ७०८ विकेट सहित दोस्रो स्थानमा छ ।

सम्बन्धित खबर