२०८१ पौष २६, शुक्रवार , ०७:५२:०० बजे

Sajhamanch
'

बोर्डले गर्यो स्वास्थ्य बीमाको शुल्क निर्धारण

शुक्रवार, असार २८, २०८१

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सुविधा थैली अन्तर्गतका सेवा सुविधा परिमार्जन गरेको नयाँ विवरण तथा दररेट सार्वजनिक गरेको छ ।

बोर्डले नयाँ दररेट १ साउनदेखि लागू हुने जनाएको छ । यसअघि गत २० वैशाखमा बसेको बोर्डको बैठकले परिमार्जनसहित दररेट लागू गर्ने निर्णय गरेको थियो । तर, नयाँ दररेट भने २५ असारमा मात्रै सार्वजनिक भएको थियो ।

परिमार्जित दररेट तथा सुविधाहरूले प्याकेजबाट टुक्र्याइएको बीमित र सेवा प्रदायकलाई समेत सजिलो हुने अपेक्षा राखिएको छ । परिमार्जित दररेटमा ओपीडी टिकट ५० रुपैयाँ तोकिएको छ ।

जनरल बेड चार्ज प्रतिदिन २५० राखिएको छ । केही रोगको सर्जरीमा ७० हजार रुपैयाँसम्म शुल्क तोकिएको छ । स्वास्थ्य बीमामा १ हजार २९० प्रकारका औषधिको शुल्क तोकिएको छ ।