२०८१ कार्तिक ४, आइतवार , ०९:४३:४० बजे

Sajhamanch
'

आज विश्वासको मत लिन उचित होला कि नहोला भन्ने सोचेको थिएँ : प्रचण्ड

शुक्रवार, असार २८, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राकृतिक विपद्का घटनाहरु बढेका बेला विश्वासको मत लिने समय सार्ने कि भन्ने सोचेको बताएका छन् । तर दुई घण्टा समय सार्ने प्रस्ताव समेत कांग्रेस र एमालेले नमानेकाले अर्को अर्थ लाग्ला भनेर सभामुखलाई नभनेको उनले बताए ।

विश्वासको मत लिने प्रस्ताव संसदमा पेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘आज नै विश्वासको मत माग्न उचित होला नि नहोला भनेर सोचेँ ।’

तर कांग्रेस र एमाले छिटोभन्दा छिटो सरकार बनाउन उद्दत भएको देखेको उनले सुनाए । हिजो मात्र प्रमुख सचेतकमार्फत २ घन्टा बैठक सारौं भन्दा स्वीकार नगरेको भन्दै उनले भने, ‘अर्को अर्थ लाग्ला भनेर मैले सभामुखजीसँग यो कुरा गरिनँ ।’

यद्यपि आफ्नो मनस्थिति के थियो भन्ने संसदलाई जानकारी गराउन चाहेको उनले बताए ।

सम्बन्धित खबर